School Logo
Principal's Photo

श्री लक्ष्मण दत्त भट्ट

प्रधानाध्यापक

श्री धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालय कैलाली जिल्लाको सबै भन्दा पुरानो विद्यालयहो । यसको स्थापना वि.सं. २००४ सालमा भाषा पाठशालाको रुपमा भएको थियो । २०३४ सालमा गएर मात्रै यो विद्यालय नि.मा.वि.को रुपमा स्तर उन्नति भई कक्षा ७ सम्मको पठन पाठन प्रारम्भ भएको थियो । वि सं. २०४० सालमा मात्र मा. वि. तहमा स्तर उन्तति भई यस विद्यालयबाट एस.एल.सी. परीक्षामा विद्यार्थी सहभागी भएका थिए । यस विद्यालयको संस्थागत विकासको क्रममा तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्वाट सम्बन्धन प्राप्त गरी २०६३÷०६४ सालमा साविकको ंद्द (कक्षा ११ र १२) सञ्चालन गरी उच्च माध्यमिक विद्यालयको रुपमा स्तर उन्नति भएको थियो । शैक्षिक सत्र २०७३ मा साविकको शिक्षा विभागबाट अनुमति प्राप्त प्राविधिक तथा व्यावसायिक शिक्षा अन्तर्गतको सिभिल इन्जिनियरिङ कक्षा ९ देखि १२ सञ्चालन गरी जिल्लाकै पहिलो प्राविधिक धार सञ्चालन गर्ने विद्यालयको पहिचान बनाउन सफल भएको छ । २०७५ सालबाट अङ्ग्रेजी माध्यममा कक्षा नर्सरी देखि कक्षा १० सम्म सञ्चालन गरी अङ्ग्रेजी माध्यम सञ्चालन गर्ने विद्यालय भएको छ । कक्षा ११ र कक्षा १२ मा विज्ञान र कानुन विषय सञ्चालन गरी हाल जम्मा ६ वटा विधाको पठनपाठन भइरहेको छ । २०७४ साल असार २४ गते नमुना विद्यालयमा छनौट भइसकेपछि विद्यालयको भौतिक, शैक्षिक र व्यवस्थापकीय पक्षमा उल्लेखनीय विकास भएको छ । भौतिक पक्षको विकासको सन्दर्भमा विद्यालयको ३६ कोठा अत्याधुनिक भवन निर्माण कार्य सम्पन्न भई हाल नयाँ भवनमै पठनपाठन सञ्चालन भइरहेको छ । शैक्षिक पक्षमा गुणस्तर सुधारका साथै विद्यार्थीहरूको सिकाई उपलब्धि सुधारका लागिकार्य भइरहेको छ । २६ जना शिक्षकलाई ल्यापटप प्रदान गरी डिजिटल पाठ योजना बनाउन उत्प्रेरित गरिएको छ । आइसिटी तालिम सञ्चालन गरी सबै शिक्षक कर्मचारीलाई आइसिटी साक्षर बनाउने प्रयास गरिएको छ । कक्षा ९ देखि १२ मा कर्नर पुस्तकालयको स्थापना गरिएको छ । कक्षा क्याप्टेनहरूबाट लगबुक प्रयोग गरी कक्षा प्रभावकारी बनाउने प्रयास गरिएको छ । यसैगरी व्यवस्थापकीय पक्षमा सबै कक्षा कोठा र विद्यालय वरपर सिसिटिभी क्यामेरा जडान गरी निगरानी गर्ने गरिएको छ. । गेटमा गेटपाले र राति सुरक्षा गार्डको व्यवस्था गरी विद्यालयको सम्पत्ति सुरक्षा गर्नुको साथै भाग्ने विद्यार्थीलाई नियन्त्रण गरिएको छ । शैक्षिक सत्र २०८२ मा आइपुग्दा विद्यालयले थुप्रै आरोह अवरोह पार गर्दै १७९५ जना विद्यार्थी अध्यापन गर्ने एक विशाल शैक्षिक धरोहर निर्माण भएको छ । अझै विद्यालयले सुदूरपश्चिम प्रदेश र कालान्तरमा देशको एक उत्कृष्ट शैक्षिक प्रतिष्ठान बनाउने लक्ष्य र उद्देश्यका साथ हरेक वर्ष क्क्ष्ए विद्यालय सुधार योजना निर्माण गरी सो को आधारमा विद्यालय विकासका क्रियाकलाप संचालन गर्दै विद्यालयको भौतिक, शैक्षिक र व्यवस्थापकीय गतिविधि अगाडि बढाउँदै गएको छ । हरेक वर्ष क्क्ष्ए अध्यावधिक गरी समय सापेक्ष आफ्ना गतिविधि सञ्चालन गर्दै उत्कृष्ट विद्यालयको मार्गमा अगाडि बढिरहेको छ र ९क्क्ष्ए० विद्यालय सुधार योजनाको पुरक अंगको रुपमा विज्ञान तथा प्रविधि शिक्षा सवलिकरणका लागि क्म्ए विद्यालय विकास योजना निर्माण गरि कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुको लागि पहिलो रोजाईको विद्यालय बनाउने उद्देश्य राखी अगाडी वढिरहेको छ ।