School Logo

भौतिक संरचनाको अवस्था

विद्यालयमा रहेको भौतिक संरचनाको अवस्था
क) कक्षाकोठाहरु :  संघीय सरकारको सहयोगमा निर्मित ३६ कोठा भएको  भवन निर्माण कार्य सम्पन्न भएको छ । हाल यसै नयाँ  भवनमा पठनपाठन कार्य सुरु गरिएको छ । 
ख) खानेपानी : यस विद्यालयमा शिवनगर खानेपानी आयोजनाद्वारा वितरण गरिएको खानेपानी धारा रहेको छ तर विद्यार्थी  संख्या वढी भएकोले शुद्ध पिउने पानीको लागि तातो र चिसो पानीको व्यवस्था भएको फिल्टर जडान गर्नुपर्ने देखिन्छ । 
ग) शौचालय :  नव निर्मित भवनमा छात्र–छात्राहरुको लागि प्र्रत्येक लता (फ्लोर) मा छुट्टा छुट्टै शौचालय रहेको छ । 
घ) प्रधानाध्यापक, शिक्षक तथा प्रशासनिक कार्यकक्ष : यस विद्यालयको नवनिर्मित भवनमा प्रधानाध्यापक, शिक्षक तथा प्रशासनिक कार्य कक्ष छुट्टा छुट्टै रहेको छ ।
ङ) खेलमैदान : विद्यालयको भवनसँगै आफ्नै प्रयाप्त खेल मैदान रहेको छ । जसमा व्यवस्थित भलिवल कोर्ट पनि रहेकोछ      तर  मैदान होचो भएकोले माटो भरान गर्नुपर्ने देखिन्छ ।
च) पुस्तकालय : यस विद्यालयमा छुट्टै पुस्ताकालय रहेको छ, जसमा भएका दराजहरुमा विभिन्न सन्दर्भ पुस्तक राखिएका      छन, विद्यार्थीहरुले खाली समयमा बसेर अध्ययन गर्ने व्यवस्था पनि पुस्तकालयमा रहेको छ । विद्यार्थी संख्या                              वढी भएकोले अझै व्यवस्थित गर्नुपर्ने देखिन्छ ।
छ) खाजाघर वा भान्सा कोठा :  विद्यालयमा सानो भान्सा कोठा रहेको छ तर विद्यार्थी संख्याको अनुपात प्रयाप्त छैन ।          अत्याधुनिक ठूलो आकारको व्यवस्थित खाजा घरको आवश्यकता देखिन्छ । 
ज) मनोरञ्जन कक्ष (संगीत तथा नृत्य कक्ष) : विद्यालयमा छुट्टै मनोरञ्जन कक्ष छैन तर आवश्यकता परेको वेला मनोरञ्जनका   साधनहरु लगी एउटा कोठा प्रयोग गरेर काम सम्पन्न गर्ने गरिएको छ । छुट्टै व्यवस्थित मनोरञ्जन कक्षको                                  आवश्यकता देखिन्छ ।
झ) पर्खाल वा घेरवार :  नव निर्मित भवनमा पर्खाल वा घेरवार गरिएको छैन, जसले गर्दा जता सुकैवाट पनि अनाधिकृत          रूपमा विभिन्न व्यक्तिहरू तथा जनावरहरूको प्रवेशले विद्यालयमा सुरक्षा व्यवस्था चुनौतिपूर्ण छ । तत्काल स्रोत                        जुटाई चारैतिर घेरवार÷पर्खाल लगाउनु अनिवार्य देखिन्छ ।
ञ) पालेघर : नवनिर्मित भवनमा पालेघर रहेको छैन, विद्यार्थीको सुरक्षा तथा अनाधिकृत प्रवेश रोक्न तत्काल पाले घर निर्माण  गर्नु पर्ने देखिन्छ।
ट) प्राथमिक उपचार कक्ष :  विद्यालयमा कोठा अभावको कारणले छुट्टै प्राथमिक उपचार कक्ष छैन । प्राथमिक उपचार        वक्स  एउटा दराजमा राखी आवश्यकता अनुसार उपचार सेवा दिइदै आएको छ । छुट्टै प्राथमिक उपचार कक्षको                      व्यवस्थापन गर्नुपर्ने देखिन्छ । 
ठ) बैठक तथा सम्मेलन कक्ष : नवनिर्मित भवनमा बैठक तथा सभा हल रहेको छ तर त्यसमा फर्निचरको अभाव देखिन्छ,      स्मार्टबोर्ड युक्त फर्निचर सहितको सभा हल व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको छ ।
ड) पोशाक तथा स्यानेटरी प्याड परिवर्तन कक्ष  : विद्यालयमा पोशाक तथा स्यानेटरी प्याड परिवर्तन कक्ष छैन । तत्काल      यसको व्यवस्था गर्नुपर्ने अवस्थाछ । 
ढ) स्टोर : कोठा अभावले फरक–फरक प्रकृतिको वस्तुहरूको फरक स्टोर (भण्डारण) बनाउन सकिएको छैन । सबै            प्रकारका वस्तुहरू एउटै कोठामा भण्डारण गर्ने गरिएको छ । सम्भव भए सम्म स्टोर कोठाको संख्या वढाउनुपर्ने                      देखिन्छ ।
ण) प्रयोगशाला : नवनिर्मित भवनमा रसायन शास्त्र ९ऋजझष्कतचथ० र जीवविज्ञान ९द्यष्ययिनथ० प्रयोगशाला एउटै कोठामा  बनाइएकोछ भने भौतिक विज्ञान ९एजथकष्अक० प्रयोगशाला छुट्टै कोठामा छ । संयुक्त रुपमा एउटै कोठमा                          रहेका  प्रयोगशालाहरु छुट्टै बनाई गणित प्रयोगशाला को लागि पनि छुट्टै कोठा आवश्यक रहेको छ ।                                        प्रयोगशालामा  ल्याव ब्वाय नभएको ल्याव व्यवस्थापन तथा सामान राख्न समस्या छ ।  तसर्थ प्रत्येक प्रयोगशालामा                      एक–एक जना ल्याब ब्वाय राखिनु पर्ने देखिन्छ ।
त)  कम्प्यूटर कक्ष : नवनिर्मित भवनमा एउटा कम्प्यूटर कक्ष रहेको छ । कम्प्यूटर शिक्षण तथा कम्प्यूटर कक्ष व्यवस्थापन लागी   जनभक्तिको कमि रहेको छ ।
थ) सरसफाई : विद्यालयमा सरसफाई समिति गठन गरी विद्यार्थीहरुको सहभागीमा विद्यालय वरीपरी सरसफाई गर्ने कार्य      गरिएको छ । कुहिने र नकुहिने फोहर को छुट्टै व्यवस्थापन गरिदै आएको छ । विद्यार्थी संख्या बढी भएकोले                              सरसफाई व्यवस्थापन चुनैति पूर्ण छ ।
द) हरीयाली प्रवद्र्धन : विद्यालयको वातावरण स्वच्छ, सफा र हराभरा राख्न बोट विरुवा रोप्ने कार्य गरिएको छ तर                 घेरवार÷पर्खाल नभएका कारण रोपिएका वोटविरुवाहरूको सुरक्षा गर्नु चुनौतिपूर्ण छ । 
ध) वोटानिकल गार्डन निर्माण : विद्यालयमा बोटानिकल गार्डन निर्माण गरिएको छैन । प्रभावकारी विज्ञान शिक्षणको लागी    विद्यालयमा वोटानिकल गार्डन निर्माण गर्नु आवश्यक देखिएको छ ।
न) प्रे–ग्राउण्ड : स्वास्थ्य नै धन हो भन्ने मान्यता राखी प्रार्थनाको समयमा  विद्यार्थीहरुको स्वास्थ्य तथा तन्दुरुस्तीको लागी           पि.टी.÷कवाज गराउने गरिएको छ तर मैदान निकै होचो र खाल्डा÷खुल्टि युक्त भएकोले समस्या देखिएको छ ।                      तसर्थ मैदानमा माटो भरानगरी मैदान सम्याउनु पर्ने आवश्यकता देखिन्छ । 

स्थानीय सार्वजनिक बिदा सम्वन्धी सूचना
सिभिल इन्जिनियरिङ्ग (कक्षा ९-१२) भर्ना सम्बन्धी जरुरी सूचना!
कक्षा १० का सफल विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा उपस्थित हुने वारे सूचना
कक्षा १० (एसइइ) २०८२ को नतिजामा पुनर्योग गर्नेसम्बन्धी सूचना
स्थानिय विदा सम्बन्धमा
कक्षा १२ को पुर्वतयारी परीक्षा,२०८२ सम्बन्धि सूचना
विद्यालय व्यवस्थापन समिति गठन गर्ने बारे अभिभावक भेला हुने सम्वन्धि अत्यन्त जरुरी सूचना ।
प्रि–वोर्ड नतिजा विश्लेषण तथा स्टाफ बैठक सम्वन्धमा सूचना
कक्षा १२ को परीक्षा आवेदन फारम बुझाउने म्याद थप सम्बन्धी सूचना