School Logo

श्री धनगढी नमुना प्राविधिक मा. वि. मा AHF काे आर्थिक तथा प्राविधिक सहयाेग

2082-03-06
श्री धनगढी नमुना प्राविधिक मा. वि. मा AHF काे आर्थिक तथा प्राविधिक  सहयाेग
आज मिति २०८२/०२/२७ गतेका दिन हाम्रो श्री धनगढी नमुना प्राविधिक मा. वि. मा AHF काे आर्थिक तथा प्राविधिक सहयाेग र ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी ( RHEST) काठमाडौं र महिला विकास समाज धनगढीकाे समन्वयमा सञ्चालित SGT अन्तर्गतकाे बालिका शैक्षिक सहयाेग कार्यक्रममा यस विध्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत छात्राहरूलाई शैक्षिक सामग्रीहरू,पाेशाक तथा नगद वि. व्य. स. का अध्यक्ष आदरणीय उपेन्द्र राज जाेशीज्यू , ध. उप म. न. पा. शिक्षा युवा तथा खेलकुद शिक्षा महाशाखाका प्रा. स. आदरणीय केशवराज खत्रीज्यू र विध्यालयका सहायक प्रधानाध्यापक खगेन्द्र राज ओझाबाट संयुक्त रूपमा वितरण भयाे। साे कार्यक्रम महिला विकास समाजका कार्यक्रम संयाेजक आदरणीय शान्ता भट्टज्यू र साेही समाजका कार्यक्रम अधिकारी सुनिता रानाज्यूकाे उपस्थितिमा भएकाे थियाे । नगद , पाेशाक तथा शैक्षिक सामग्री प्रदान गर्ने संस्थाप्रति विध्यालय हार्दिक आभार प्रकट गर्दछ र साे प्राप्त गर्ने सम्पूर्ण छात्राहरूलाई बधाई तथा शुभकामना छ !!